झापाको चुनावप्रति चासो

लोकप्रिय

दमक, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गरेका छन् । बिगतका निर्वाचनहरूमा तालमेल र गठबन्धन गरेर उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्ने गरेकोमा यो पटक सबै राजनीतिक दलहरूले उम्मेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार मङ्गलबार साँझसम्ममा उम्मेदवारी मनोनयनको काम सकिएको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री, निर्वतमान सभामुख, उपसभामुख देखि लिएर नयाँ अनुहारसम्मले उम्मेदवारी मनोनयन गरेपछि यहाँ सबैको चासो गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, निर्वतमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाल कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले उम्मेद्वारी मनोनयन गर्नु भएको छ ।

झापा क्षेत्र नं. ५ देशभर नै चर्चामा रहेको छ । एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह सहितले यहाँ उम्मेदवारी मनोनयन गर्नु भएको छ । नेकपाबाट विद्यार्थी नेता रञ्जित तामाङले उम्मेदवारी मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल र राप्रपाबाट लक्ष्मी सङ्ग्रौलाले उम्मेदवारी मनोनयन गर्नु भएको  निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । श्रम संस्कृति पार्टीको तर्फबाट शिवम सेरानी मगरले उम्मेदवार मनोनयन गरेको बताइएको छ ।

 

ताजा समाचार

Related Articles