मकवानपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु र दुईजना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । भैंसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ सिमखोला पुल नजिकै बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र दुईजना घाइते भएका छन् ।
कुखुरा बोकेको उक्त गाडी बिहीबार बिहान १ बजेको समयमा दुर्घटना हुँदा सहचालक सर्लाही वरथवा नगरपालिका १ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रमममा बिहान ४ः४५ बजेको समयमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा बोलेरो चालक सर्लाहीका २५ वर्षीय रामवली साह र अर्को सहचालक १६ वर्षीय छोटे पासवान घाइते हुनुभएको छ । दुवै जनाको काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको उक्त बोलेरो गाडी ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट अन्दाजी सात मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
बोलेरो गाडीमा रहेको पाँच सय कुखुरामध्ये तीन सय कुखुरा मरेको छ ।

ताजा समाचार

Related Articles