खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । मकवानपुर प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका १० स्थित टौखेलबाट लागूऔषध चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटो जाँच गर्ने क्रममा अटोभित्र लुकाइ ल्याइएको चरेससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले १२ वटा रबरका डिब्बाभित्र राखिएको १२१ किलो ४६६ ग्राम चरेस बरामद गरेको हो । चरेससहित अटो चालक थाहा नगरपालिका४ रुप्सेका २९ वर्षीय घनश्याम बल तामाङ र मकवानपुरको कैलाश गाउँपालिका ५ का २१ वर्षीय सानुकान्छा थिङलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।




