ज्ञानदीपको रजत महोत्सवमा विविध कार्यक्रम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ९ गते । हेटौँडा उपमहानगरपालिका ५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको २५ ओैँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमसहित ज्ञानदीप रजत महोत्सव जारी रहेको छ ।
महोत्सवको दोस्रो दिन शुक्रबार आयोजित नगरस्तरीय निबन्धलेखन प्रतियोगितामा ब्रह्मदिक् एकेडेमीकी सुप्रिया भोलन प्रथम, चन्द्रोदय माविकी सबिना तामाङ द्वितीय र जनप्रिय माविकी अनुजा दङ्गाल तृतीय हुनुभयो ।

नगरस्तरीय चित्रकला प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माविकी आरोही राई प्रथम, भूटनदेवी माविका वसन्त साह द्वितीय र चन्द्रोदय माविकी रञ्जना ठाकुर तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कार प्राप्त गरेका छन् । यसैगरी नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको क्वार्टरफाइनल चरण पूरा भएको जानकारी विद्यालय सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी दीपक गौतमले जानकारी दिए ।छनोट चरणको प्रतियोगितामा सनसाइन इङ्लिस बोर्डिङ स्कुलले सुनगाभा शिक्षा निकेतनलाई २–०, निर्मल माविले जेम्स इङ्लिस बोर्डिङ स्कुललाई २–० ले पाखा लगायो भने क्वार्टरफाइनलमा ज्योति माविले श्रमिक माविलाई २–१, सनसाइन इङलिस बोर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई २–०, ज्ञानोदय बालबालिका आवासीय माविले निर्मल माविलाई २–०, कृष्ण आदर्श माविले आयोजक ज्ञानदीप शिक्षा निकेतन माविलाई २–१ ले पराजित गरेका छन् ।

माघ १० गते हुने सेमिफाइनल खेल ज्योति मावि, हेटौँडा–१८ र सनसाइन इङलिस बोर्डिङ स्कुल, हेटौँडा–३ तथा
ज्ञानोदय बालबाटिका आवासीय मावि, हेटौँडा–५ र कृष्ण आदर्श मावि, हेटौँडा–९ बिच बिहान ८ बजे र फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि आयोजना हुनेसमेत जानकारी विद्यालयले गराएको छ । महोत्सवकै क्रममा भोलि माघ १० गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने छ ।
महोत्सवअन्तर्गतको पहिलो खेल जिल्लास्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता बिहीबार सम्पन्न भएको थियोछ । प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माविका रुबस पराजुली र पेमा याङ्की तामाङको समूह प्रथम, ब्रह्मदिक् एकेडेमीका सेमिना श्रेष्ठ र स्पन्दन अधिकारीको समूह द्वितीय र भूटनदेवी माविका रितिका साह र श्वेता साहको समूह तृतीय भएको थियो ।

ताजा समाचार

Related Articles