महाशक्ति सोप उद्योगको गोदामघरमा आगलागी

लोकप्रिय

मकवानपुर, माघ ११ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगको गोदाम घरममा आगलागी भएको छ । उद्योगको जस्तापाताबाट बनेको साबुन र कार्टुन राखिएको गोदामघरमा बिजुलीको तार सर्ट भई गएराति ११ः५० बजेको समयमा आगलागी भएको हो ।

उक्त आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडा,  सशस्त्र प्रहरी बल नेपाल १४ नं.गण हेर्डक्वाटर, हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा निभाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र हाल क्षतिको विवरण नखुलेको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles