१९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा 

लोकप्रिय

हेटौँडा, माघ १५ गते । प्रतिनिधिसभा निर्वाचनकालागि मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुसार अति संवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । सबैभन्दा बढी जिल्लाको बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ केन्द्र अति संवेदनशीलमा परेका छन् । यस्तै राक्सिराङमा ६, बागमतीमा ५, भीमफेदी, मनहरी र कैलाशमा एक–एक मतदान स्थल अति संवेदनशील सूचीमा रहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles