हेटौँडा, माघ १५ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालयको समन्वयमा ’छैटौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता’ बिहीबारबाट सुरु भएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले परम्परागत खेल ’छेलो’ फालेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष लामाले खेलकुदले विद्यार्थीको अनुशासन र शारीरिक विकासमा सहयोग गर्ने बताउँदै गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रशासन प्रमुख चेतनाथ न्यौपानेलगायतका उपस्थिति रहेको थियो।
यस प्रतियोगितामा गाउँपालिकाभित्रका आठ माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार लामाले स्वागत र गाउँपालिकाका शिक्षा अधिकृत चक्र साउदले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।




