गाँजासहित तीन जना भारतीय पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १९ गते । मकवानपुर प्रहरीले मनहरीबाट गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरेस्थित सडकबाट सोमबार गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकी राखेको युपी ३२ एफएफ ००५५ न.को भारतीय कारलाई फेला पारी कार चालक भारत विलेज सिखेडा कवल मुजफ्फरनगर उत्तर प्रदेशका वर्ष २३ को मुसिर, सोही गाडीमा सवार वर्ष २४ का मौ जुबेर र भारत अम्बा बिहार, गली नं. ७, मुजफ्फरनगर, उत्तर प्रदेश–२५१००२ बस्ने वर्ष ४४ की साबीरालाई गरेको हो ।

कार खानतलासी गर्ने क्रममा उक्त कारको डिक्कीमा लुकाई राखेको १० किलो १२४ ग्राम गाँजा र सवारी साधन बरामद गरी तीनैजनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles