राई र रम्तेललाई सामुदायिक सम्मान

लोकप्रिय

हेटौँडा, माघ २२ गते । हेटौँडा उपमहानगरपालिका १८ स्थित हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौँडाकी सौन्दर्यकर्मी ताराकुमारी राई कार्कीलाई सामुदायिक सम्मान प्रदान गरिएको छ । रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा सहकारीको २८ औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा रम्तेल र राईलाई जनही नगद १० हजार रुपियाँसहित सामुदायिक सम्मान २०८२ बाट सम्मान गरिएको हो ।

रम्तेलको अगुवाईमा हेटौँडा १८ मा गुम्बाडाँडा पार्क निर्माण र वैदिक संस्कृत गुरुकुलम् सञ्चालन हुँदै आएको छ ।
राई विगत साढे दुई दशकदेखि सौन्दर्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ ।
यस्तै रेडियो मकवानपुरको वर्ष कर्मचारी सम्मानबाट रेडियोमा कार्यरत प्राविधिक नविन आले मगरलाई नगद सात हजार रुपियाँसहित सम्मान गरिएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले लोकतान्त्रिक गणतन्त्रमा सञ्चारको महत्व असाधारण रहेको बताउनुभयो ।
उहाँले सामुदायिक रेडियो सार्वजनिक हितका लागि गैरनाफामूलक उद्देश्यसहित सञ्चालन भएकाले संरक्षण आवश्यक भएको बताउनुभयो ।

दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायण देवकोटा, हेटौँडा ८ का वडाध्यक्ष राम थापा, वडा नं. ११ का वडाध्यक्ष जुना दाहाल, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजरलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles