नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु

लोकप्रिय

हेटौँडा, माघ २३ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुदसँगै जोडेर लैजानु पर्ने बताउनु भएको छ । शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले विद्यार्थीको शारिरीक र मानसिक विकासको लागि शिक्षा र खेलकुदलाई सँगै लिएर जानपर्ने बताउनु भएको हो । अतिरिक्त क्रियाकलापको माध्यमद्वारा शिक्षामा गुणस्तर सुधार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको उहाँको भनाई छ ।

४ नं. वडा कार्यालयको आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको संयोजन र भुटनदेवी माविको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । छ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगित शनिबारसम्म चल्ने छ । भुटनदेवी माविको मैदानमा प्रतियोगिता भईरहेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमीरेको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ आधुनिक राष्ट्रिय मावि, व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटौँडा–४ का संयोजक तथा श्रमिक माविका प्रअ श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ, चन्द्रोदय माविका प्रअ जीधराज ढकाल, नगर टोल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी माविका व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles