इलाममा भूकम्पको धक्का

लोकप्रिय

काठमाडौं, माघ २४ गते ।  इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

ताजा समाचार

Related Articles