मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

लोकप्रिय

हेटौँडा, फागुन २ गते । मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युभएको छ ।
कान्ति लोकपथ हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित सडक खण्डमा पार्किङ गरी राखेको रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
ना ५ ख १८६१ नं.को रड लोड भएको ट्रकमा सानोपोखरा तर्फबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नं.को मोटरसाइकल ट्रकको पछाडि भागमा शुक्रबार राति ठक्कर खाई दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौँडा–५ पिप्लेस्थित ढुंगेधाराका ३५ वर्षीय सुवास थिङको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा गएराति १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसैबिच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित सडकखण्डको जङ्गलेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइतेभएका एक वृद्धको उपचारका क्रममा मृत्युभएको छ ।
गत माघ १७ गते चितवनबाट हेटौँडास्थित सहिद स्मारकमा वनभोज खान जान आउँदै गरेको बा.प्र.०३–००१ ख १९७२ नं.को बसमा सवार चितवन रत्ननगर नगरपालिका–६ बस्ने ६२ वर्षीय विष्णुबहादुर घिमिरे बस रोकेपछि शौचालय जान झर्ने क्रममा ढोकाबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार घाईते घिमिरेको शुक्रबार बिहान ७ः०० बजे पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा समाचार

Related Articles