हेटौँडा, फागुन ३ गते । मकवानपुर जिल्ला भूमि अधिकार मञ्चले नेपाली कम्युनिष्ट पार्टीका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लवशेर विष्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
पुस्तौंदेखि भोग चलन गर्दै आएको जग्गा अहिलेसम्म नापी नगरेको भन्दै अब बन्ने सरकारले हेटौंडावासीको समस्या समाधान गर्न पहल माग गरिएको मकवानपुर जिल्ला भूमि अधिकार मञ्चका सदस्य विकास तितुङले जानकारी दिनुभयो ।

मञ्चले बुझाएको भूम्सिम्बन्धी ध्यानाकर्षण पत्र बुझ्दै उम्मेदवार विष्टले आफूले जितेर गएपछि सिमलटारलगायतका स्थानको भूमिसम्बन्धी समस्यालाई पहिलो मुद्दाको रूपमा उठान गर्ने बताउनुभयो । उत्तरी मकवानपुर थाहा नगरपालिकाका निवर्तमान नगरप्रमुख विष्टले आफूले काम गरेर सबैको मन जितेको भन्दै आफू नगरप्रमुख हुँदा जनताको काम गरेर आएकोले मत किन्ने, पैसाको बलमा चुनाव जित्ने कुरामा विश्वास नगर्ने स्पष्ट पार्नुभयो ।
मञ्चका नगर अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कुमारी मोक्तान, किशोर बर्ताैला प्रदेश सदस्य सागर बानियाँ, नेकपाका नेता कमल चन्द्र सुमन, वीरबहादुर घलानलगायतको आतिथ्यता रहेको थियो ।




