काठमाडौँ, फागुन ३ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको जानकारी गराएको छ ।
आयोगका अनुसार, पेट्रोलमा एक र डिजेल÷मट्टितेलको मूल्य तीन रुपियाँले बढेको हो ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपियाँ भएको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपियाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपियाँ ५० पैसा पुगेको छ ।





