समृद्धिको सङ्कल्प लिएर आएको छुँः कांग्रेस नेतृ डिना

लोकप्रिय

हेटौँडा, फागुन ४ गते । नेपाली कांग्रेसका मकवानपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको विकास र समृद्धिको सङ्कल्पसहित निर्वाचनमा आएको बताउनुभएको छ ।
उहाँले आफू जनप्रतिनिधि नभएपनि निरन्तर नागरिकको हकहित र जिल्लाको विकासमा लाग्दै आएको भन्दै जनताबाटै अनुमोदित भएर जनताकै काम गर्नका लागि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको बताउनुभयो ।

कांग्रेस हेटौँडा ४ को मङ्गलबार निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत रहनुभएकी डिनाले अहिले गाउँ शहर सबैतिर कांग्रेसको पक्षमा राम्रो वातावरण निर्माण भएको बताउनुभयो ।
‘विशेष महाधिवेशन पश्चात् कांग्रेसमा परिवर्तन आएको छ । कांग्रेसले देशको आर्थिक–सामाजिक अवस्था बदल्ने योजनासहित अहिले निर्वाचनमा होमिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले कहिँकतै गठबन्धन छैन । कांग्रेसले कांग्रेसलाई मत दिन पाउने अवस्था भएको छ ।’

उहाँले कांग्रेसले जितेमा मात्र सबैलाई मिलाएर लैजाने भन्दै कांग्रेसको निर्णयका कारण देश निर्वाचनमा गएको बताउनुभयो ।
कांग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles