जनतालाई पार्टीभन्दा माथि उठ्न आग्रह

लोकप्रिय

घोराही, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीभन्दा पनि देशप्रति निष्ठा देखाउनुपर्ने समय आएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यत्तिकै छोड्ने कि बनाउने भन्ने निर्णय गर्ने समय आएकाले जनतालाई पार्टीभन्दा माथि उठ्न आग्रह गर्नुभएको हो ।

देशको परिवर्तनका लागि नागरिकको सहयोग आवश्यक रहेको भन्दै लामिछानेले भन्नुभयो, “अहिले पार्टीप्रति भन्दा देशप्रति निष्ठा देखाउनुपर्ने बेला आएकाले अन्य दलका समर्थक र सदस्यले पार्टी नछाडेरै मत बदल्ने निर्णय गर्नुपर्छ, यो परिवर्तनको आवश्यकता हो ।” जनताले क्रान्ति गर्ने निर्णय गरिसकेको बताउँदै लामिछानेले जनताको यो ऐतिहासिक निर्णय फागुन २१ पछि सार्वजनिक हुन मात्र बाँकी रहेको उल्लेख गर्नुभयो ।

देश बनाउनका लागि यस पटक सरकार चलाउने जिम्मा आफ्नो पार्टीले लिने बताउँदै लामिछानेले अन्य दललाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले आफूलाई सांसदबाट निकाल्ने योजनाकार दाङमै रहेको र यस पटक पनि चुनाव लडेको बताउनुभयो । दुई–दुई पटक जनताको अमूल्य मतले निर्वाचित हुँदा पनि आफूलाई षड्यन्त्र गरी संसद्‍बाट निकाल्ने काम गरिएको भन्दै उहाँले भन्नुभयो, “संसद्‍बाट निकाल्यौ, अब सक्छौ भने जनताको मनबाट पनि निकालेर देखाऊ ?”

 

ताजा समाचार

Related Articles