१८ गतेदेखि ड्रोन उडाउन नपाइने

लोकप्रिय

सल्यान, फागुन १४ गते । जिल्ला प्रशासन कार्यालय सल्यानले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रशासनले ड्रोनको प्रयोगसम्बन्धी सूचना जारी गर्दै निर्वाचनको निष्पक्षता, सुरक्षा संवेदनशीलता र शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरेको जनाएको हो ।

कुनै व्यक्ति वा निकायले अनुमति लिएर सञ्चालनमा रहेका वा अन्य कुनै प्रकारका ड्रोनहरू समेत निर्वाचनभन्दा तीन दिनअघि फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म प्रयोग गर्न नपाइने प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताउनुभयो।

निर्वाचनका बेला मतदान केन्द्र वरपर अनावश्यक भीड, सुरक्षा चुनौती तथा मतदातामा त्रास सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ड्रोन प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासनले जारी गरेको सूचनामा प्रतिबन्ध उल्लङ्घन गरी ड्रोन प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै सरोकारवाला, सञ्चारकर्मी, संघ संस्था तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गरी निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles