चितवन २ मा रास्वपाका सभापति लामिछाने विजयी

लोकप्रिय

नारायगढ फागुन २३ गते । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ र नेकपा एमालेका अश्विन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।

लामिछानेको यो ह्याट्रिक जित हो । २०७९ को निर्वाचनमा ४९ हजार तीन सय र उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles