बागमती प्रदेश सभा छाडेका तीन जना पराजित हुँदा दुई जना निर्वाचित

लोकप्रिय

हेटौँडा, फागुन २५ गते । बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएकामध्ये दुई जनालाई मात्र फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
प्रदेश सभा सदस्य पदको कार्यकाल बाँकी हुँदै गत माघ ५ गते राजीनामा दिएका छ जनामध्ये पाँच जना प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका तीन जना पराजित हुनुभएको हो ।
प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएका युवराज दुलाल र सुनिल केसी मात्र सफलता हात परेको हो ।
प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीले राजीनामा दिनुभएको हो । मास्के, श्रेष्ठ र मानन्धर पराजित हुनुभएको छ ।
नेकपाका दुलाल सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्ब २ बाट २१ हजार ६९९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धि कांग्रेसका वंशलाल तामाङ रहनुभएको छ ।
उता राप्रपाका केसी भने उक्त पार्टी नै छाडेर काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएकोमा ३४ हजार २३८ मतसहित विजयी हुँदा उहाँको निकटतम् प्रतिस्पर्धि कांग्रेसका कविर शर्मा रहनुभएको थियो ।
काठमाडौँको क्षेत्र नम्बर ६ मा चुनावी प्रतिस्पर्धामा उत्रनुभएका एमालेका मास्के तेस्रो हुँदै तीन हजार ६७४ मत गर्नुभएको थियो । उक्त क्षेत्रमा रास्वपाका शिशिर खनाल विजयी हुनुभएको हो ।
प्रदेश सभा छाडेर काठमाडौँको क्षेत्र नम्बर ७ मा प्रतिस्पर्धा गर्नुभएको नेकपामा मानन्धरले तीन हजार ६६७ मत र एमालेका प्रकाश श्रेष्ठले तीन हजार ५४४ मत प्राप्त गर्दै तेस्रो र चौथो स्थानमा खुम्चिुनु भएको थियो । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका गणेश पराजुली निर्वाचित हुनुभएको छ ।
उता कांग्रेसका काफ्ले भने पार्टीको नीतिका कारण प्रदेश सभा सदस्यबाट राजीनामा दिएपनि उम्मेदवार बन्नबाट वञ्चित हुनुभयो ।
कांग्रेसले स्थानीय तह र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार नबनाउने नीतिगत निर्णय गरेसँगै उम्मेदवार बन्न नपाउनुभएको हो ।
काफ्ले दोलखा १ ९क० बाट र मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौँको ७ ९क० बाट २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।
एमालेका मास्के काठमाडौँको ६ ९ख०, श्रेष्ठ काठमाडौँको ७ ९ख० र केसी काठमाडौँको २ ९क० बाट ०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । काफ्ले, मानन्धर, मास्के र श्रेष्ठ बागमती प्रदेश सरकाका पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

 

ताजा समाचार

Related Articles