मकवानपुरमा १० मत पनि नपाउने उम्मेदवार सात

लोकप्रिय

हेटौँडा, फागुन २६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मकवानपुरमा यही फागुन २१ गते सम्पन्न निर्वाचनमा दुई अङ्कको मत प्राप्त नगर्ने उम्मेदवारसमेत रहेका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ४४ उम्मेदवारमध्ये १० मतभन्दा कम मत ल्याउने सात जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मत गणनापछि सार्वजनिक गरेको मतपरिणामबाट देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा दोहोरा अङ्कको मत नपाउने पाँच जना र निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवार रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोहोरो अङ्कको मत प्राप्त नगर्ने सातै जना स्वतन्त्र उम्मेदवार हुन् ।
निर्वाचनमा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजकुमार खड्काले एक मत मात्र प्राप्त गर्नुभएको छ । यसैगरी क्षेत्र नम्बर २ का सबैभन्दा कम मत स्वतन्त्र रमेश आचार्यलाई दुई मत प्राप्त भएको छ ।

ताजा समाचार

Related Articles