हेटौँडा, फागुन २७ गते । २०४८ सालदेखिका हरेक निर्वाचनमा मकवानपुरबाट संसदमा प्रतिनिधित्व रहँदै आएको वामपन्थो दल यो पटक भने जितविहीन बनेका छन् ।
हालै सम्पन्न आमनिर्वाचनमा वामपन्थो दलका उम्मेदवारको पराजयसँगै ३४ वर्षपछि मकवानपुर बामपन्थी दल जितविहीन बनेका हुन्। प्रजातन्त्र, संविधान सभा निर्वाचन र देश सयोयतामा गएपछि भएका आमनिर्वाचनमा समेत मकवानपुरमा बामपन्थो दलको बर्चस्व रहँदै आएकोमा यस पटक दुवै क्षेत्र गुमेको छ ।
विसं २०४८ सालयता भएका यसअघि भएका संविधान सभासहितको सात पटक भएको आमनिर्वाचनमध्ये तीन पटकको निर्वाचनमा तीन जना गैरबामपन्थो उम्मेदवारबाहेक सबै वामपन्थी उम्मेदवारले जित्दै आएका थिए । यस पटकको निर्वाचनमा मत परिवर्तन गर्दै मतदाताले गैरवामपन्थी दललाई जिताएका छन् ।

२०४८, २०५१ र २०५६ मा भएको निर्वाचनमध्ये तत्कालीन मकवानपुरको तीन क्षेत्रमध्ये २०५१ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाबाहेक मकवानपुरबाट नेकपा (एमाले) ले जितेको थियो । २०४८ र २०५६ मा तीन
वटै तथा २०५१ मा दुई क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए । विसं २०६४ मा भएको निर्वाचनमा मकवानपुरको चार वटै क्षेत्रमा तत्कालीन नेकपा माओबादी केन्द्रले जित निकालेको थियो । यस्तै दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले जित्दा बाँको तीन वटै क्षेत्र एमालेको पोल्टामा परेको थियो । विसं २०७४ को निर्वाचनमा दुवै क्षेत्रमा जितेको एमालेले २०७९ मा एउटा क्षेत्रमा पकड गुमाएको थियो। यस पटक दुवै क्षेत्र गैरवामपन्थी दल राष्ट्रिय स्वतन्त्र पार्टीको पोल्टामा गएको छ ।
नै पनि वामपन्थी विचारक रूपचन्द्र विष्टले जिल्दै आउनुभएको थियो । सत्रीय निर्वाचन मात्र होइन प्रदेश सभा सदस्यको निर्वाचनमा समेत यस जिल्लामा बामपन्थो दलकै वर्चस्व रहँदै आएको छ ।

बामपन्थी दलका उम्मेदवार पराजित भएको मात्र होइन, मतदाताको वामपन्थी दलप्रतिको रुझानसमेत कमजोर देखिएको छ । यस्तै धर्म र राजतन्त्र पक्षमा वकालती गर्दै आएको दल राप्रपासमेत कमजोर बनेको छ । २०७२ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र एमाले र राप्रपा नेपालको गठबन्धनका उम्मेदबार थापालाई पराजित गर्नुभएका राप्रपाका सिंहको यो पटक धरौटीसमेत गुम्नुले उक्त पार्टीप्रति पनि मतदाताको रुझान कम हुँदै गएको पुष्टि हुन्छ ।
हालै सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर १ बाट रास्वपाका प्रकाश गौतम ३६ हजार ३३ मतसहित र क्षेत्र नम्बर २ बाट रास्वपाकै प्रशान्त उप्रेती ३० हजार ५० मतसहित निर्वान्नित बन्नुभएको छ ।
क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ मा एमालेका महेशकुमार बर्तौला निकटतम प्रतिस्पर्धी रहनुभएको छ । मकवानपुरमा राजनीतिक दल र स्वतन्त्र गरी ४४ जना उम्मेदवार
त्यसो त मकवानपुरबाट पञ्चायतकालमा रहेका थिए ।




