मकवानपुरमा निर्वाचन प्रहरीको बिदाई

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयहरुले बिहीबार कार्यक्रम आयोजना गरी निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्रचौर, थाहा नगरपालिकाको पालुङ, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिकाको ठिंगन र बागमती गाउँपालिकाको फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच निर्वाचन प्रहरीलाई बिदाइ गरिएको थियो ।

हेटौँडामा आयोजित कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले निर्वाचन प्रहरीका कारण शान्तिपूर्ण वातावरण र सहज रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार ९२३ जना निर्वाचन प्रहरी खटिएका थिए ।

ताजा समाचार

Related Articles