इरानी मुख्य सैन्य ठेगाना नष्ट गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

लोकप्रिय

वासिङ्टन, फागुन ३० गते। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा भन्नुभएको छ,  “अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गरेको छ।

“मैले उक्त द्वीपको तेलसम्बन्धी संरचनाहरूलाई नष्ट नगर्ने बाटो लिएको छु। तर यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटको माध्यम भएर हुने जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावतमा हस्तक्षेप गर्छ भने म तुरुन्त मेरो निर्णयमा पुनर्विचार गर्नेछु।’’

उहाँले इरानलाई हतियार बिसाउन र ‘आफ्नो देशका बचेखुचेका कुराहरूलाई जोगाउन’ पनि भन्नुभएको छ। इरानी तटबाट २२ माइलको दूरीमा खाडीको उत्तरी क्षेत्रमा अवस्थित उक्त द्वीप सानो तर रणनीतिक स्थान हो।

ताजा समाचार

Related Articles