हेटौँडा, फागुन ३० गते । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ४ को कार्यालयको सहयोग र निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा निवुवाटरामा शनिबार एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठलगायतको टोलीले बिरामीहरूको परीक्षण गरेको थियो ।

शिविरमा २९३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा पाँच जनामा मुटुको गम्भीर समस्या पाइएको छ ।
महिलाहरूको भी.आई.ए. परीक्षण गर्दा चार जना महिलामा पहिलो चरणको पाठेघरको क्यान्सर लक्षण देखिएको छ।
यस्तै शिविरमा ५४ जनाले दाँतसम्बन्धी उपचार तथा परामर्श सेवा लिएका छन् र
वडा नम्बर ३ का वडाध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन वडामार्फत शिविर आयोजना गरिएको बताउनुभयो
विशेषज्ञ चिकित्सकबाट स्थानीयले निःशुल्क रुपमा स्वास्थ्य जाँच, सुगर, प्रेसर र परामर्श सेवा पाएका छन् ।




