मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ विमोचन

लोकप्रिय

हेटौँडा, फागुन ३० गते । नवसर्जक साहित्य चौतारी नेपालको ४२ ओैँ मासिक श्रृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ’जीवनको गोरेटो’ कृतिको विमोचन एवम् विमर्श कार्यक्रम शनिबार हेटौँडामा सम्पन्न भएको छ ।
अमर मावि हेटौँडामा कक्षा ९ मा अध्ययनरत १४ वषसर््या सुमिको पहिलो कृतिको रूपमा मुक्तक सङ्ग्र्रह प्रकाशनमा ल्याइएको हो ।
चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल तथा देवराज खरेलको विशिष्ट आतिथ्य रहेको थियो ।
कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गर्नुभएको कार्यक्रममा नवसर्जकहरू रोज कार्की, नम्रता पराजुलीले कृति रहेका प्रतिनिधि रचना वाचन गर्नुभएको थियो ।

नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार एवम् अमर माविका सहायक प्रअको डि.बी. बर्ताैलाको सम्पादन रहेको विमोचित मुक्तक सङ्ग्र्रह नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो ।
कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, कोषाध्यक्ष प्रविना प्रयासी, सल्लाहकार डि.बी. बर्तौला र मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले बोल्नुभएको थियो ।
नवसर्जक चौतारीले देशभरका २५ वर्षमुनिका नवसर्जकको नेतृत्वमा पठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको छ ।

ताजा समाचार

Related Articles