एमाले २० बाट ८२ मा शून्यमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत १ गते । बागमती प्रदेशमा वर्चस्व राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा जितविहीन बनेको छ ।
२०७४ सालको चुनावमा यस प्रदेशका ३३ मध्ये २० सिट जितेर सबैभन्दा ठूलो दल बनेको एमाले २०८२ मा आइपुग्दा शून्यमा झरेको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको एमालेले २०७४ मा दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, सिन्धुली र नुवाकोटको एक–एक, मकवानपुर र धादिङको दुईवटै, काठमाडौँको छ वटा तथा ललितपुर र चितवनको दुई–दुई वटा गरी २० जना क्षेत्रमा जितेको थियो ।
२०७९ मा भने एमालेका उम्मेदवार काठमाडौँ, काभ्रे, मकवानपुर र ललितपुरका गरी चार वटा क्षेत्रमा मात्र निर्वाचित भएका थिए । यसपटको निर्वाचनमा एमालेको मकवानपुरलगायतका जिल्लामा रहेको परम्परागत गढ भत्किएको छ ।

ताजा समाचार

Related Articles