राक्सिराङको ‘चिउरी फुल्ने ठाउँ’ गीत सार्वजनिक

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २ गते । मकवानपुरको विकट पालिका राक्सिराङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य र पहिचान झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक गरिएको छ । गीतमा स्थानीय लोक गायक गमबहादुर प्रजा र उर्मिला प्रजाको स्वर रहेको छ ।

मकवानपुरको चिउरी पकेट क्षेत्रका रूपमा परिचित सिलिङ्गे सीमार गाउँमा गीतको भिडियो छायाङ्कन गरिएको हो । चिउरी फुल्ने मौसममा देखिने मनमोहक प्राकृतिक दृश्य, गाउँको जीवनशैली, संस्कृति तथा स्थानीय परिवेश र पर्यटकीय क्षेत्रहरुमा घुम्न आउन गीतमार्फत अनुरोध गरिएको छ ।

गीतमा आयुष चेपाङको शब्द तथा संगीत रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गर्नुभएको छ । त्यसैगरी विनोद सुन्दासले नृत्य निर्देशन गर्नुभएको उक्त भिडियोमा विष्णु कुँवर, सपना चेपाङ, पवनकुमार चेपाङ, स्नेह चेपाङलगायत स्थानीय कलाकारहरुको अभिनय गर्नुभएको छ ।
विष्णु कुँवरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले स्थानीय प्रकृति, संस्कृति र जीवनशैलीको उजागरसँगै ‘चिउरी फुल्ने ठाउँ’ले राक्सिराङको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

ताजा समाचार

Related Articles