कपिलवस्तुको महाराजगन्जमा निषेधाज्ञा

लोकप्रिय

तौलिहवा(कपिलवस्तु), चैत्र ७ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

जारी आदेश अनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागु हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रजिअ भविश्वर घिमिरेले बताउनुभयो ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने उहाँको भनाइ छ । कपिलबस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा दुई समुदायबिच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ घिमिरेले बताउनुभयो । निषेधाज्ञा लागु गरिएको क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दोना तोकिएको छ ।

ताजा समाचार

Related Articles