खासकुरा संवददाता
हेटौँडा, चैत ७ गते । माझी महिलाहरूको हक, हित र अधिकारको लागि स्थापित नेपाल माझी महिला उत्थान संघको अध्यक्षमा होमकुमारी माझी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा शुक्रबार सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनले होमकुमारी माझी ( ओखलढुंगा) लाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा शिसम माझी (मकवानपुर), महासचिव पदममाया माझी (झापा), सचिव सुनिता माझी (सिन्धुली) र कोषाध्यक्षका सावित्री माझी (काभ्रेपलान्चोक) निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा राधिका माझी (नुवाकोट), कमला माझी (लमजुङ), सरु माझी (पर्वत), पार्बती माझी (मोरङ), अनुशा माझी (धादिङ) र शोभा माझी (महोत्तरी) लाई अधिवेशनले निर्वाचित गरेको छ ।




