पूर्वसचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकप्रिय

काठमाडौँ, चैत ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको ठहर गर्दै २१ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहितलाई प्रतिवादी बनाएको छ  ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘इआरएमसी/ए-नोट/स्लेट जेभी’ लाई पनि प्रतिवादी बनाइएको छ।

ताजा समाचार

Related Articles