हेटौँडामा इन्टरनेटको तार जोड्ने क्रममा लडेर एकको मृत्यु

लोकप्रिय

हेटौँडा, चैत ९ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा इन्टरनेटको तार जोड्नका लागि बिजुलीको पोलमा चढेका एक व्यक्तिको लडेर मृत्युभएको छ ।

हेटौँडा ४ कर्राचोक नजिकै बिजुलीको पोलमा चढेका राक्सिराङ गाउँपालिका वडा नम्बर ६ खरखण्डेटार घर भई हेटौँडा १ चौकीटोल डेरा गरी बस्दै आएका १८ बर्षीय भुवन चेपाङको सोमबार पोलबाट लडेर मृत्युभएको हो । बिजुलीको पोलबाट लडेका चेपाङको उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक चेपाङ नेटफ्लिक्स इन्टरनेट कम्पनीमा काम गर्दै आएका थिए । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles