टोलबस्तीमा पुगेर सेवा प्रवाह गर्दै राक्सिराङ गाउँपालिका

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ११ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाबाट प्रदान गरिने सेवा टोलबस्तीमा पुगेर प्रदान गर्न सुरु गरेको छ ।
सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित बृहत एकीकृत घुम्ती शिविर आयोजन गरी टोलबस्तीमा पुगेर प्रदान गर्न सुरु गरिएको हो ।
गाउँपालिकाले बुधबार शिविर आयोजना गरी पालिकाको वडा नम्बर १ बाट कार्यक्रमको सुरुवात गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नागरिकले सेवा लिन समय, श्रम र धन खर्च गरेर गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न टोलबस्ती र वडामा पुगेर सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिनुभयो ।
सामान्य सेवा लिन पालिका जानुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै टोलबस्ती र वडाबाट सेवा दिन अभियान सुरु गरिएको हो उहाँले भन्नुभयो, नागरिकलाई सेवा प्राप्तिमा सहज वातावरण निर्माण गर्नु अभियानको उद्देश्य हो, नागरिकले सकेसम्म आफ्नै वडाबाट सेवा पाउनुपर्छ ।

शिविरअन्तर्गत स्वास्थ्य शिविर, निःशुल्क आयुर्वेदिक सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, तथा सुनौला हजार दिन लक्षित गर्भवती र सुत्केरी आमाहरूलाई स्वच्छतासम्बन्धी सामग्री र तरकारीको बिउ वितरण गरिएको थियो । साथै, अपाङ्गताको पहिचान गरी आवश्यक रातो र सेतो कार्ड उपलब्ध गराउने, स्वास्थ्य परीक्षण र कतिपय प्रशासनिक सेवा लिन गाउँपालिकासम्म धाउनुपर्ने झन्झट कम गर्ने गरी व्यवस्थापन गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले न्यायिक समितिमार्फत प्रदान हुने सेवाका बारेमा जानकारीसँगै पालिकाले प्रदान गर्ने सेवा शिविरबाट एकीकृत रुपमा प्रदान गर्न नागरिकलाई सहज भएको बताउनुभयो ।May be an image of ‎one or more people, people studying and ‎text that says '‎पूण करसफाइ्का सुबकहरू "शिक्षा, स्वास्थर.कृप्, विपुत. परयावरण पूर्वाकार राक्सिरडको विकासको आधार" लेड्डिक तथा घरेल हिंसा र कादूनी उपचार सम्बन्धी वडा स्तरीय कार्यक्रम मिति: ನిಂ್ಾ चैत्र ។ देखि २२ काबीजक साविसराय मारीवालिका नপমিক समिति ክባአንልል ਬਤ आाफ सम्म வான்ழம் ាគ חוקרה‎'‎‎

शिविरमा कृषि तथा पशुपन्छीतर्फ घाँसको बीउ र औषधी १८० जनालाई, तरकारीको मिनीकिट दुई सय थान, टनेल प्लास्टिक २० थान, मिनी टिलर तीन थान, ईस्प्रे पम्प १० थान र ग्रीन नेट २० वटा कृषक समुहहरुलाई वितरण गरिएको थियो ।
शिविरमा आयुर्वेद सेवा २५० जना र स्वास्थ्य परीक्षण सेवा २६० जनाले लिएका छन् ।
यस्तै २५ जना सुनौलो हजार दिनको आमालाई स्वछ्ता सामग्री, चार जनालाई अपाङ्गता कार्ड वितरण र लघु उद्यमतर्फ पाँच जनालाई मौरीको प्रविधि हस्तान्तरण गरिएको छ ।
२४ जनाले उद्यमशिलता सम्बन्धी परामर्श लिएको शिविरमा ५० जनाले बेरोजगारको फारम भरेको थिए ।
कार्यक्रममा १२ जना जेष्ठ नागरिक सम्मानका साथै एक विद्यालय एक ल्यापटप वितरण कार्यक्रम अन्तर्गत पाँच वटा ल्यापटप र एउटा प्रिन्टर वितरण गरिएको छ

ताजा समाचार

Related Articles