हेटौँडामा पत्रकार महासङ्घको स्थापना दिवस मनाइयो

लोकप्रिय

हेटौँडा, चैत १६ गते। नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवस हेटौँडामा सोमबार प्रभातफेरी गरी मनाइएको छ ।
महासङ्घ बागमती प्रदेश समिति र जिल्ला शाखाको संयुक्त आयोजनामा भएको प्रभातफेरी सीमाचोकबाट सुरु भएर बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य सङ्घ चोक पुगेको थियो र पुनः सीमाचोकमा फर्केर कोणसभामा परिणत भएको थियो।

कोणसभामा महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान परिस्थितिमा पत्रकारको हकहित सुरक्षित राख्दै अगाडि बढ्नुपर्ने भन्दै पेसागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो।
महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले नागरिक पत्रकारितालाई प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles