काठमाडौँका पूर्व प्रजिअ छवि रिजाल पक्राउ

लोकप्रिय

काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।

थप अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भएको एसपी भट्टले जानकारी दिनुभयो । रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख हुनुहुन्थ्यो । उहाँमाथि गत भदौमा २३–२४ गते भएको जेनसी आन्दोलनमा दमन गरेको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबारनै पक्राउ परिसक्नुभएको छ ।

ताजा समाचार

Related Articles