काठमाडौँ, चैत १७ गते । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँ बस्यो ।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी पूर्व उपसभापति द्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह थगा पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको पनि उपस्थिति रहेको छ ।
सो बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भएकोथियो ।




