काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल रिहा

लोकप्रिय

काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहाई हुनु भएको छ ।

जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी जिम्मा जमानीमा रिजाललाई छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले नेपालटिभीअनलाइनलाइनलाई जानकारी दिनुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उहाँलाई आज  बिहान मात्र पक्राउ गरिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

ताजा समाचार

Related Articles