चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, एक जना घाइते

लोकप्रिय

खाुकुरा संवाददाता
हेटौँडा, चैत १८ गते । हावाहुरी र पानीसहित परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । चट्याङ लाग्दा अर्का एक जना घाइते भएका छन्।
माछा मारेर फर्कदै गर्दा मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ परेको चट्याङ लागेर घाइते भएको अजय पहरीको मृत्युभएको हो ।
३२ वर्षीय अजय पहरी र स्थानीय ३७ वर्षीय उज्वल थोकर माछा मारेर घर फर्किने क्रममा हिँडिरहेका बेला चट्याङ लाग्दा दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ गएको प्रहरी टोलीले घाइते थोकरलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । थोकरको हाल मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको छ ।
उक्त घटनामा घाइतेभएका अजयको प्रारम्भिक उपचार झुरझुरेस्थित सान्भी पोलिक्लिनिक गरेपछि थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

 

ताजा समाचार

Related Articles