हेटौँडा, चैत २९ गते । घरेलु मदिरा बनाउने उद्योगमा छापा मारेर मदिरासहित चार जनालाई हेटौँडाबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका १ चौकिटोलस्थित जगत बहादुर घिसिङको घरमा लोकल मदिरा उत्पादन गर्ने भट्टीमा आइतबार छापा मारेर नौ हजार लिटर घरेलु मदिरासहित नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मदिरा भट्टि सञ्चालक हेटौँडा १ चौकिटोलका ६० वर्षीय जगत बहादुर घिसिङ, सो मदिरा भट्टिमा काम गर्ने कामदार चितवन जिल्लाको कालिका नगरपालिका ७ का २३ वर्षीय सुजन तामाङ, कालिका नगरपालिका ९ का ३४ वर्षीय सुरेश प्रजा र अर्का कामदार बारा जिल्ला कोल्बी नगरपालिका ८ का १९ वर्षीय अजय लामा रहेका छन् ।
प्रहरीले घरेलु तयारी मदिरा करिब चार हजार लिटर, घरेलु मदिरा बनाउने कच्चा पदार्थ पाँच हजार लिटर, ग्यासको सिलिन्डर आठ वटा, भट्टे चुलो दुई वटा, चामल दुई बोरा र प्लास्टिकका ड्रम तथा बोतलहरू बरामद गरेको छ ।




