हेटौँडा, चैत ३० गते । यही चैत २६ गतेदेखि सुरु भएको विश्वशान्ति मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडास्थित लोकतान्त्रिक हुप्राचौरमा आयोजना गरिएको कार्यक्रममा दैनिक रूपमा १ सय ४४ जना गुरुद्वारा प्रार्थना, जप र ध्यानसहित असंख्य दीप प्रज्वलनसमेत गरिएको थियो ।

अनुष्ठान स्थलमा करिब एक सय फिट अग्लो मैत्रीनाथको थान्का निर्माण गरिएको थियो । समर्पण र पूर्ण निष्ठाका साथ निस्वार्थ भावबाट सत्कर्ममा लाग्न प्रेरणा दिने उद्देश्यले बोधि श्रवण धर्म संघ नेपालले सो कार्यक्रमको आयोजना गरेको हो ।




