हेटौँडा, चैत ३० गते । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार र आइतबार विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विकी विश्वकर्मा र हेटौँडा–१२ का ३० वर्षीय बुद्ध स्याङ्तानको साथबाट लागूऔषध खैरोहेरोईन ३ ग्राम १३० मिलिग्राम र ट्रामाडोल १० क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिका–३ का १९ वर्षीय गणेश घिमिरे र हेटौँडा–१ का ३० वर्षीय सुमन लामाको साथबाट लागूऔषध गाँजा दुई किलो चार सय ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।




