हेटौँडा वडा नं. ५ को कार्यालय अब आफ्नै भवनमा

लोकप्रिय

हेटौँडा, वैशाख १ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मङ्गलबा नवनिर्र्मित भवनको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
यसअघि भवन अभावमा वडा कार्यालय पिप्लेस्थित भाडाको घरमा संचालन हुँदै आएको थियो । राईटोलमा डेढ कठ्ठा जग्गामा १२ कोठे भवन निर्माण गरिएको हो ।
बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र वडा कार्यालयको एक करोड छ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले हेटौँडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताउनु भयो। वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ भएकाले नगरपालिकाले सेवा विस्तारका लागि सबै वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी प्रदान गरिसकेको बताउनु भयो।
वडाध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, हयग्रीव आचार्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा समाजमा भवन निर्माणलगायतका समाजमा विशिष्ट योगदान गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles