कांग्रेसको संसदीय दलको नेता चयन गर्न छलफल

लोकप्रिय

काठमाडौँ, वैशाख ४  गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकमा दलको नेता चयनका लागि छलफल भएको र सहमतिको प्रयासका लागि थप समय लिइएको निर्वाचन समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिनुभयो ।

आजको बैठकमा सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने प्रयास भएको  र पार्टी नेतृत्वसँग समेत छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमहामन्त्री रसाइलीले बताउनुभयो । नेपाली काँग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूले यस अघि नै संसदीय दलको नेता चयन गरिसकेका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद छन् ।

आजको बैठकमा २६ जनाले बोलेको र सहमतिबाटै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको बैठकपछि नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बताउनुभयो ।

ताजा समाचार

Related Articles