मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

लोकप्रिय

हेटौँडा, वैशाख ४ गते । मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र सात जना घाइते भएका छन् ।
धरान चतरा सडकको हेटौँडा उपमहानगरपालिका १८ स्थित भक्तिचोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा शुक्रबार दिउँसो एक युवकको मृत्यु र चार जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका हाल,नाम थर वतन नखुलेको वर्ष ३५/३६ को पुरुष व्यक्ति हेटौँडा अस्पतालमा उपचारकै क्रममा दिउँसो १ः३० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
हेटौँडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नं. को मोटरसाइकल र र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ७२१९ नं. मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मकवानपुर बागमती गाउँपालिका ६ का वर्ष ४० का अन्तबहादुर बिसी, हेटौँडा १८ का वर्ष ३५ का राजु थिङ,
बा.प्र.०३–००५ प ७२१९ नं. मोटरसाइकलका चालक हेटौँडा १८ का वर्ष ३८ का सूर्यमणि खतिवडा र ठेगाना नखुलेका वर्ष १०/१२ का प्रशान्त वाईबा घाइते हुनुभएको छ ।
यस्तै शुक्रबार दिउँसो नै मदन भण्डारी लोक मार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ७ पाथिभरा स्थित सडक खण्डमा भएको दुर्घटनामा बागमती गापा ७ की ४० वर्षीया चिनी माया रुम्बाको मृत्युभएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
सडकको बायाँ छेउमा रोकिरहेको ना २ ह ४५९२ नं.अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ३०८१ नं. को कारले ठक्कर दिँदा दुवै सवारी साधनहरु सडकको नालीमा खस्न गई दुर्घटना भएको हो ।
कार चालक काठमाडौँ जिल्ला गोकर्णश्वर नगरपालिका ६ की ३५ वर्षीया सुजना लामालाई केही नभएको र इलाका प्रहरी कार्यालय, फापरवारी मकवानपुरले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते हुनुभएका अटो चालक बागमती गापा ८ का २५ वर्षीय यमन राई र अटोमा सवार बागमती गापा ७ शान्तिपुरका ११ वर्षीय सुबिन पुलामी मगरको सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचार भईरहेको छ ।
दुर्घटनामा घाइते हुनुभएकी चिनी माया रुम्बालाई हेटौँडा अस्पताल मकवानपुरमा ल्याई जाँच गर्दा डाक्टरले मृत्यु घोषणा गरेको र शव सोही अस्पतालमा रहेको प्रहरीको भनाई छ ।

यसैगरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीस्थित मच्छ नारायण रोडा उद्योगका टिप्पर चालक मदन गौतमको मृत्युभएको छ । गएराति खाना खाइरहेको बेलामा अचानक पेट दुखेर बिरामी भएका काभ्रे नमोबुद्ध नगरपालिका २ का वर्ष ३५ का गौतमको उपचारको क्रममा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
गौतम बिरामी भएपछि सिस्नेरी प्राथमिक स्वास्थ केन्द्र पठाएकोमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाडौँस्थित बयोधा अस्पतालमा उपचार गर्ने क्रममा डाक्टरले गएराति २२ः३० बजेको समयमा मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
शव सोही अस्पतालमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको मृतकको शरीरमा घाउ चोट पटक केही नभएको प्रहरीले जनाएको छ ।
यसैबिच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा मोटरसाइकल दुर्घटनामा दिव्यन राउत घाइते हुनुभएको छ ।
हेटौँडाबाट बिहीबार साँझ चितवन जाँदै गरेको बा ८१ प ५३९ नं को मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका १० का वर्ष २१ का राउतको टाउको, हात र छातीमा चोट लागेको र मनहरी अस्पतालमा उपचारभएको छ ।

 

ताजा समाचार

Related Articles