कांग्रेसका सभापति थापा र नेता खड्काबीच भेटवार्ता

लोकप्रिय

काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गर्नुभएको छ । उहाँले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गर्नुभएको हो ।

सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुग्नुभएको थियो । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताउनुभयो । “पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरूसँग संवाद सुरु गरेको छु”, सभापति थापाले भन्नुभयो । सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उहाँको भनाइ थियो ।

उहाँले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

ताजा समाचार

Related Articles