हेटौँडा, वैशाख ६ गते । बागमती प्रदेशसभाले दुई वटा विधेयक अर्थ तथा विकास समितिमा दफावर छलफलका लागि पठाएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक कार्यविधि सम्बन्धी विधेयक र खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेस गर्नुभएको थियो ।
मन्त्रीद्वयले पेस गरेको उक्त विधेयकहरूलाई प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो ।
रेकी थिइन् । त्यसअघि प्रदेशसभाको बैठकमा विशेष समयमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । प्रदेश सभा सदस्यहरुलेले उठाएका प्रश्नहरूमा सरकारका मन्त्रीहरूले जवाफ दिनुभएका थियो । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।




