बकैया खोलामा डुबेर एक जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, वैशाख ८ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका ८ र ३ को सिमाना चिसापानीस्थित बकैया खोलामा डुबेर बकैया गाउँपालिका ९ च्याउच्याउका लाक्पा भोलनको मृत्युभएको हो ।
च्याउच्याउका ३५ वर्षीय भोलनको सोमबार पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

भोलन आफ्नी १० वर्षीया भतिजीलाई साथमा लिएर गई भतिजीलाई खोला बगरमा राखेर खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेको भतिजीले देखेपछि स्थानीयलाई खबर गरेको प्रहरीको भनाई छ ।
स्थानीयले पानीबाट निकाली मृत्यु भईसकेको अवस्थामा प्रहरीमा खबर गरेपछि घट्नास्थलमा प्रहरी पुगेर घट्नास्थल सुरक्षित राखी थप अनुसन्धान प्रक्रिया सुरु गरेका छ ।
घटनास्थलको मुचुल्का पश्चात् सोमबार साँझ शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

ताजा समाचार

Related Articles