• समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Search
Logo
Logo
Logo
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Trending Now

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनित

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

मन्त्रीपरिषद् बैठक निर्णय: विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने

कर शिक्षा अन्तक्रिया कार्यक्रम सम्पन्न

Logo
  • आवरण
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • अन्तर्वार्ता
  • रोजगारी

नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक

खास कुरा संवाददाता
खास कुरा संवाददाता
बैशाख १४, २०८३
60
0
फाइल फोटो ।

लोकप्रिय

समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद

असार ६, २०८२

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

भदौ २१, २०८०

असार सकिन लाग्दा उनन्साठी प्रतिशत रोपाइँ

असार ३०, २०८२

महालेखा प्रतिवेदनः मकवानपुरका पालिकामध्ये सबैभन्दा कम बेरुजु बकैया र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको

बैशाख ३१, २०८२

मकवानपुरको कैलाशबाट एक हजार किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ

असार १७, २०८२

काठमाडौँ, वैशाख १४ गते । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो दस्ताबेज तयार पार्ने निर्णय गर्नुभएको थियो । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ । सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्ताबेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय स्रोतको सीमितता जस्ता चुनौतीबीच दस्ताबेज सार्वजनिक भएको हो ।

स्थितिपत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ । दस्ताबेजमा स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनः स्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ्ने उल्लेख गरिएको छ । यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।

अर्को ठूलो सम्भावनाका रूपमा जलविद्युत् क्षेत्रलाई प्रस्तुत गरिएको छ । नेपालसँग विशाल जलस्रोत रहेकाले सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर वैदेशिक आम्दानी प्राप्त गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको भूमिका अझ बलियो बन्ने जनाइएको छ । यस्तो छ बर्तमान आर्थिक अवस्थाको पूर्ण पाठ 

Previous article
विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु
Next article
खुल्यो अवरुद्ध विपी राजमार्ग

ताजा समाचार

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनित

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

Load more

Related Articles

खास कुरा संवाददाता - साउन १३, २०८३

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनित

खास कुरा संवाददाता - साउन १३, २०८३

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

खास कुरा संवाददाता - साउन १३, २०८३

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

Load more

सुरुचि कम्युनिकेसन प्रा.लि.

ठेगाना : हेटौँडा २ मकवानपुर
सम्पर्क : ९८४५०३१५६१
ईमेल : khaskuranews@gmail.com

द्वारा सञ्चालित

Logo

दर्ता

कम्पनी दर्ता नं. : ३६२२३८/८१/८२
स्थायी लेखा नं.: ६२२३१५५२८
सञ्चार रजिष्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र नं. : ००३००/०८१–०८२

Facebook
Twitter
Youtube

हाम्रो बारे

सम्पादक : जे न्यौपाने
सञ्चालक : राममणि दाहाल
विज्ञापन : प्रकाश बराल

© सञ्चालन तथा प्रायाेजनकाे हक सर्वाधिकार खास कुरामा सुरक्षित रहनेछ ।