काठमाडौँ, वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दिउँसो १४ः०० बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते दिउँसो १४ः०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २८ गते संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 




