चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज (मंगलबार) को बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ। आज दिउँसो २:०० बजे सुरु हुने बन्दसत्र साँझ ६:४५ बजे समापन हुने कार्यतालिका छ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदै छ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।




