प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

लोकप्रिय

काठमाडौं, वैशाख २५ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।

यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने गरी ब्यवस्था मिलाएको बताउनु भयो ।

उहाँले उजुरी नामसहित वा बेनामे उजुरी समेत दिन सकिने व्यवस्था गराइएको बताउनु भयो । उहाँले शर्माविरुद्ध शनिवारदेखि अगामी जेठ ४ गतेसम्म उजुरी संकलन गरिने र त्यसपछि उजुरीहरुको अध्ययनपश्चात सुनुवाइ प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

ताजा समाचार

Related Articles